वीरगंज ३२ साउन ।
पर्सा जिल्लाको वीरगंज भन्सारको मेनबाटो बाट हुने गरेको तस्करी हालको दिनमा सो क्षेत्रमा खटेका शसस्त्र प्रहरीले कडाई गरेपछि तस्करहरु अहिले ग्रामिण भेगका नाकाहरुबाट तस्करीको माल समानहरु ओसार पोसार गरिरहेका छन ।तस्करहरुले भारतिय सिमावर्ती सहर रक्सौलबाट सर्टिङ—सुर्टिङका कपडा खरिद गरी वीरगंज महानगरपालिकाको अलौ र कोनियाको बाटो हुदै रातीको ९ बजे देखी बिहानको ४ बजे सम्म मोटरसाईकलमा राखी प्रहरीहरुकै सहयोगमा नेपाल भित्रियाईरहेका छन भने मरिच र केराउ, साईकल र मोटरसाईकलमा लोड गरी नेपाल बाट भारत तर्फ ओसार पोसार गरिरहेका छन ।तस्करहरुले वीरगंज महनगरपालिकाको अलौ नाकाबाट ब्यापक रुपमा मरिच, केराउ र कपडाको तस्करी गरिरहेका छन । सिमामा खटेका प्रहरीहरुकै संरक्षणमा रात भरी कपडा, केराउ र मरिचको तस्करी भईरहेको एक प्रहरी अधिकृतले बताए । नेपाल र भारतको सीमा संगै टासिएको अलौ नाकाबाट प्रहरीहरुकै सहयोगमा मरिच र केराउ र कपडाको तस्करी तिब्र रुपले बढेको हो । बिगतको दिनमा पर्साको अमरपटीबाट केराउको तस्करी भएपनि हालको समयमा मरिच, केराउ र कपडाको तस्करी गर्नको लागि अलौ नाकालाई तस्कर संगठनहरुले प्रयोग गर्दै आएका हुन । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेर सीमा नाकामा खटेका प्रहरीहरु समेत तस्करी वापत मोटो रकमको नजराना बुझेको बताइएको छ । अलौ नाका बाट तस्करी गर्ने व्यापारीहरु बिनोद, तारकेश्वर, भोला भन्नेले नेपाल प्रहरी र शसस्त्र प्रहरीको सबै युनिट र प्रदेश नम्बर २ का डिआईजीको नाममा समेत रकम बाडी सकेको श्रोतकोदावी छ । तलदेखी माथिल्लो निकायसम्म नजराना बुझाए पश्चात अलौ नाकाबाट तस्करी कार्य सुचारु भएको बुझिन्छ । पर्सा जिल्लामा भईरहेको तस्करीलाई नियन्त्रण गर्न नसकेको माथिलो निकाय पनि तस्करहरुको जालोमा फसेको आशंका हुन थालेको छ । प्रदेश प्रहरीले भन्सार क्षेत्र लगायत सिमावर्ती नाकाहरुमा चोरी पैठारी नियन्त्रण गर्न केही दिन पहिला कडाई गरेपनि हालको दिनमा चुपचाप बस्नुले गम्भिर प्रश्न खडा गरेको छ । प्रहरीहरुकै संरक्षणमा नेपाल सरकारको लाखौको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी हुनु बिडम्बनाको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय