बीरगंज ।
बीरगंज भन्सारमा राजस्व गस्तीका लागि खटिएको सशस्त्र प्रहरी भन्सार गुल्मले अवैध रुपमा राजस्व छलि भित्र्याईएको १२ लाख ३ हजार मुल्य बराबरको चोरी तस्करीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी भन्सार गुल्म प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरिक्षक अमर खत्रीले दिनु भएको जानकारी अनुसार वीरगंज भन्सारको मुल गेटबाटै चेकजाँचको क्रममा सवारी साधन सहित १२ लाख ३ हजार मुल्य बराबरको तस्करीको सामान ३ दिन यता बरामद भएको बताउनु भयो । त्यसैगरी सशस्त्र प्रहरीले चेकजाँचकै क्रममा अवैध लागु औषध सहित एक युवकलाई पक्राउ गरेको छ । रक्सौलबाट वीरगंज तर्फ आई रहेको ना ३४ प ५०७३ नम्बरको स्कुटीमा सवार मकवानपुर जिल्ला हेटौडा नगरपालिका वडा नम्बर १४ निवासी २३ बर्षिय आशिष रुम्बालाई अवैध लागु औषध, डाईजोपाम, नर्फिन, फेनारगन ३६ पिस सहित नियन्त्रणमालिएको सशस्त्र प्रहरीका डिएसपी खत्रीले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to The Madhesh Times