बीरगंज ३ माघ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा बाख्रा चराउन गएकी एक यूवतीमाथी जवरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले तिन जना यूवकलाई पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर २० कि करिब २१ वर्षकी यूवतीमाथी करणी प्रयास गरेको अभियोगमा सोही वडाका १८ वर्षिय नैमुदिन अन्सारी, २५ वर्षका शेष जमिन आलम र १९ वर्षका शेष समी अख्तरलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो । खेतमा बाख्रा चराउन गएका बेला अचानक तिन जना अपरिचित युवकहरुले मुख थुनेर हातखुट्टा समाती नजिकैको उखुबारीमा लगेको रसोही समयमा अन्य केही बालबालिकाले होहल्ला गरेपछी खेतमा काम गर्न गएका स्थानीय विरेन्द्र प्रसाद चौरासियाले युवतीको उद्दार गरेको प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो ।
यता जबरजस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ परेकाहरुलाई छुटाउन पिडितका अभिभावकलाई समुदायबाटै मेलमिलापको दवाब आएको हुँदा अनुसन्धानमा समेत अप्ठ्यारो भएको प्रहरीले जनाएको छ ।
गत मंगलबार अपरान्हपख भएको घटना सो दिन गाउँमा समेत गुपचुप राखेर बुधबार बिहान समुदायमम मिलेर पिडित परिवारलाई घटना लुकाउन बिभिन्न प्रभाव पारेको अनुसन्धानको क्रममा खुलेको प्रहरी नायव उपरिक्षक पुरीले बताउनु भयो । पिडकलाई सामाजीक दण्ड सजायँ गराउने र घटना अघी नबढाउने भन्नेबारे छलफल भैरहेका बेला प्रहरीले अरोपीलाई घेरा हाली छलफल स्थलबाटै नियन्त्रणमा लिएको पुरीले बताउनु भयो । प्रकाउ परेका तीनै जनाविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्यान थप समेत भएको पुरीले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय