बीरगंज २२ माघ ।
बीरगंजमा आज कोरोना भाईरस विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला मैत्री बिकास केन्द्र वीरगजको अयोजनामा घण्टाघर चोकमा सम्पन्न सचेतना कार्यक्रममा सहभागी वक्ताहरुले कोरोना भाईरस बाट बच्नका लागि माक्स लगाउने, जंगली जनावरसँग प्रत्यक्ष सम्पर्कमा नरहने लगायतका सुरक्षित उपाय अपनाउनु पर्ने कुरामा जोड दिएका थिए । कोरोना भाईरसले आज बिश्व लाईनै आतंकित बनाएकोले अहिले संसारभरीका जनता यो संक्रमण बाट बच्न आ–आफना ठाउबाट भए सम्मका उपायहरु खोजी गरिरहेको कुरामा वक्ताहरुले जोड दिएका थिए । नेपाल महिला मैत्री बिकास केन्द्र वीरगंजकी अध्यक्ष मालती कुश्वाहाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसिया लगायतले कोरोना भाईरसले पुर्याउन सक्ने क्षति र सावधानीका बारेमा आ–आफनो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय