बिरगंज १० चैत । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध ओनेरेक्स र नाईट्रोभ्याट ट्याब्लेट सहित एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालीका वडा नं.६ हटिया बस्ने बर्ष २७ को बिजय रोक्का रहेेेको प्रहरीले जनाएको छ । विशेष सुचनाको आधारमा प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले चौकी अगाडीबाट भारतको रक्सौलबाट बीरगंज तर्फ ना.१ ह. ८९६७ नं. को अटो चलाई आउदै गरेको रोक्कालाई चेकजाच गर्ने क्रममा अटोको सिट मुनि लुकाई छिपाई ल्याईएको लागुऔषध ओनेरेक्स-१ सय एम एल को ९९ बोतल र नाईट्रोभेट ट्याब्लेट २७० पिस बरामद भएको इनर्वा  चौकिका इनचार्ज  प्रहरी नायव निरीक्षक गोकुल बलायरले जानकारी दिए । लागुऔषध सहित पक्राउ परेका रोक्कालाई लागुऔषध र अटो सहित नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको प्रहरी चौकी ईनर्वाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय