बारा । बारामा ४६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४६ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा. मदन उपाध्यायले जानकारी दिए ।
उनका अनुसार ७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिनेमा ३५ पुरुष र ११ महिला रहेका उनले जानकारी दिए ।कोरोना संक्रमण स्वास्थ्यकर्मी, जनप्रतिनिधि, गाउँपालिका कर्मचारी र सर्वसाधारण रहेको अस्पतालले जनाएको छ । संक्रमितलाई कलैयास्थित आइसोलेसनमा राखिने बताइएको छ ।