वीरगञ्ज, ६ वैशाख ।
पर्साको दोश्रो सदरमुकाम स्थित पोखरिया जिल्लास्तरीय अस्पतालमा आजदेखि क्षयरोगको परीक्षण सुरु भएको छ । पोखरिया नगरप्रमुख दिपनारायण रौनियारले एक समारोहका बीच क्षयरोग उपचार र परीक्षण सेवाको उद्घाटन गरेका छन् । पोखरिया नगरपालिकाको पहलकदमी र प्रदेश नं. २ सरकारको स्वास्थ्य निर्देशानालयको सहयोगमा करिब ४० लाखको लागतमा क्षयरोगको उपकरण जडान भएको हो । वीरगञ्जको नारायणी अस्पताल पछि पर्सामा क्षयरोग उपचार र परीक्षण सेवा पोखरियाबाट सुरु भएको हो । क्षयरोग सेवाको उद्घाटन गर्दै पोखरिया मेयर रौनियारले ग्रामिण भेगका क्षयरोगीहरुलाई उपचार र परीक्षणका लागि वीरगञ्ज धाउने समस्या अन्त्य भएको बताउनुभयो । कार्यक्रममा पोखरिया नगर उपप्रमुख सलमा खातुन,प्रदेश नं. २ का स्वास्थ्य निर्देशक प्रविण मिश्रा, जसपाका केन्द्रिय सदस्य नेजामुद्धिन समानी, पोखरिया वडा नं. ४ का वडाध्यक्ष लक्ष्मण साह कानु लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय