वीरगंज १८ वैशाख । वीरगंज-३ छपकैया निवासी अजयकुमार कर्णले अस्पतालमा उपचाररत आफनो नवजात शिशुको लागी दुध लिएर जादा प्रहरीले दुःख दिएको आरोप लगाएका छन ।

वीरगंज प्रतिमा चौक स्थित रहेको तराई अस्पतालमा उपचाररत आफनो बच्चाको लागी घर बाट दुध लिएर अस्पताल जादा पावरहाउस चौकमा खटिएका सुरक्षाकर्मीले अनावश्यक रूपमा दुःख दिएको आरोप लगाएका हुन ।

समाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो सेयर गर्दै कर्णले पावरहाउस चौकमा खटिएका प्रहरीहरूको रवैया अमानवीय रहेको आरोप लगाएका छन ।

अस्पतालको एनआईसियु वार्ड नम्बर ९ मा भर्ना रहेको मेरो बच्चाको लागी छपकैया स्थित घरबाट उसको आमाको दुध लिएर अस्पताल जादै थिए कर्णले भने पावरहाउस चौकमा खटिएका सुरक्षाकर्मीले पास नभएकोले मोटरसाईकल चलाउन नपाउने भन्दै मोटरसाईकल खोसे र मैले मेरो बच्चाको लागी घर बाट दुध लिएर अस्पताल गईरहेको छु भन्दा पनि मेरो एक नसुनेर लठ्ठिले हिर्काउदै पैदल जा भनेर पिटेर भगाए उनले दुखेसो पोखेका छन ।

मेरो घर छपकैया तराई अस्पताल बाट ३ किल्लो मिटरको दुरीमा पर्छ बच्चाको आमाको पनि अप्रेसन भएकाले उ पनि यहां आउने अवस्था छैन र डाकटरले आमाको दुध ल्याउन भनेकाले घरबाट ओहोर दोहोर गर्न मोटरसाईकल अनिवार्य चाहियो तर प्रहरीले कुनै सुनवाई बिनै पिटेर भगाएको उनले भिडियोमा भनेका छन ।

कोरोना भाइरसको चेन ब्रेक गर्न निषेधाज्ञा लगाईएको छ ठिक तर अति आवश्यक परेको व्यक्ति यती टाढा बाट पैदल कसरी अस्पताल पुग्ने उनले प्रश्न गरे।

जिल्ला प्रशासन कार्यालय पर्साले पनि स्वास्थ्य सम्बन्धी अति अत्यावश्यक कामको लागि जादा रोकटोक नर्गन विज्ञप्ति नै जारी गरेको छ तर प्रहरीले कोरोना भाइरस रोकथामका लागी लगाईएको निषेधाज्ञा लागू गराउने नाममा पिडामा रहेको परिवारलाई झन पिडा थप्ने काम गरेको कर्णले दुखेसो पोखे र पावरहाउस चौकमा खटिएका सुरक्षाकर्मीलाई कार्यवाही गर्न मांग समेत गरे।

यस विषयमा सम्बंधित निकायको ध्यान समयमै पुगोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय