बीरगंज २५ बैशाख ।
प्राथमिक स्वास्थ्य केन्द्र गंजभवानीपुरमा एम्बुलेन्स सेवा सुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । बाराको महागढीÞमाई नगरपालिका वडा नम्बर–१० स्थित रहेका स्वास्थ्य केन्द्रमा बिरामीहरुको चापलाई मध्यनजर गर्दै शुक्रबार एक कार्यक्रमका बीच प्रदेश सभासदस्य शारदाशंङ्कर प्रसाद साहले एम्बुलेन्स सेवाको उदघाट्न गर्नुभएको हो । कोरोना–१९ को महामारीसँगै अन्य बिरामी तथा अचानक भएको घटना, दुर्घटनाबाट जोगाउन बाहिरबाट मगाउनु परेको एम्बुलेन्सको समस्याबाट छुटकारा भएको प्रदेश सभासदस्य साहले बताउनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times