वीरगन्ज ११ जेठ । कोरोना महामारीको दोस्रो लहरमा फ्रन्ट लाइनमा खटेका वाराका सुरक्षाकर्मीलाई मंगलबार वीरगन्जका तीनवटा संस्थाले ठूलो परिमाणमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । ओएचएम सोल्युशन्स, दरबार ट्रेडर्स र एनसेल कलस्टर ८ ले जिल्ला प्रहरी कार्यालय वारा र मातहातमा कार्यरत कर्मचारीका लागि ३ हजार थान मास्क, एक सय थान फेस सिल्ड, २५ लिटर सेनिटाइजर र ६ थान भेपोराइजर हस्तान्तरण गरेका हुन् । कोरोना नियन्त्रणमा अहोरात्र खटने सुरक्ष्ाँकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको ओएचएम सोल्युशन्स र दरबार ट्रेडर्सका सञ्चालक सन्जय अग्रवालले जनाए । स्वास्थ्य सामग्री प्रदान गरि कोभिड १९ विरुद्धको परिचालनमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने कार्यमा संस्थाको सहयोगको उच्च सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्ष्ँक दिपेन्द्र शाहीले धन्यवाद ज्ञापन गरेका थिए । महामारीको समयमा फ्रन्टलाइनमा खटिएका सुरक्ष्ाँकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी लगायतलाई आफूले सहयोग गर्दै आएको अग्रवालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय