पर्सा २० जेठ । कोभिड १९ को उच्च जेखिममा रहेको पर्सामा विभिन्न शिर्षकमा जथाभावी शुल्क लिदै“ आएको गुनासो बढन थालेको छ ।
यस्तैगरी अहिले सम्म नसुनिएको डिस्चार्ज शुल्क पर्सामा निजी क्षेत्रको तराई हस्पिटल वीरगंजले डिस्चार्ज शुल्क लिएको खुलेको छ । यसलाई चिकित्सकले कनौठौ शुल्कको रुपमा लिएका छन ।
बारा जिल्ला घर भई उपचारको लागी तराई अस्पतालमा भर्ना भएका मुसाफिरप्रसाद यादवलाई दिईएको बिलमा डिस्चार्ज शुल्क वापत एक हजार लिएको उल्लेख गरिएको छ । चिकित्सकहरु भन्ने यस्तो शुल्कका विषयमा आफुलाई जानकारी नभएको बताउ“छन ।
नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले डिस्चार्ज शुल्कको बारेमा आफलाई जानकारी नभएको बताउनु हुन्छ । उहाले अस्पतालले दिने गरेको सेवा सुविधाको आधारमा विभिन्न शिर्षकमा शुल्क लिने गरिएको भएपनि डिस्चार्ज शुल्क भनेको के हो ? आफुलाई थाहा भएन् ।
नेशनल मेडिकल कलेजका मेडिकल डाईरेक्टर डा. प्रमोद सर्राफ डिस्चार्ज शुल्क वापत रकम लिएको आफुले पहिलो पटक सुनेको बताउनु हुन्छ । यसअघि आफुले यस्तो शुल्कको विषयमा लाग्ने गरेको कतैबाट केही जानकारी नपाएकाले आफुलाई अनौठो लागेको बताउनुभयो ।
यसैबिच, निजी अस्पतालले सेवा सुविधा शुल्कको नाममा आफु खुसी रकम असुल्ने गरेको गुनासो आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात दिन भित्र सेवा सुविधाका नाममा लिने शुल्क सर्वसाधारणले देख्ने गरी राख्न निर्देशन दिएको छ ।
निर्देशन लगतै वीरगंज महानगरपालिकाले अनुगमन गर्न थालेको छ । केही दिन अगाडी स्पर्श हस्पिटलले शयमा जलानसंग औषधि बाहेक सात दिनको सेवा शुल्क दुई लाख १५ हजार र प्रभु हस्पिटलले टेकनारायण खतिवडा संग तीन दिन अक्सिजन दिए वापत ३९ हजार लिएको घटना सार्वजनिक भएपछि पर्साको कोभिड एक्सन कमिटि र जिल्ला प्रशासन कार्यालय पर्साले अनुगमन कार्यलाई तिव्रता दिए पनि त्यो प्रभावकारी हुन सकेको थिएन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times