वीरगन्ज,५ असोज ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुवरीमा रहेको मल्टी स्पर्श स्पेशलिटी अस्पतालले एकजना बिरामीको निशुल्क शल्यक्रिया गरेको छ ।
गत असोज २ मा ३२ बर्षीय चाँदतारा खातुनको पाठेघरको निशुल्क शल्यक्रिया पछि मंगलबार डिस्चार्ज गरेको हो ।
अति नै विपन्न परीवार की खातुनको पाटेघरमा मासु प्लाएर रगतस्राव भएर स्थिति बिग्रीदै गएपछि अस्पताल मै भर्ना गरेर निशुल्क शल्यक्रिया गरीएको मल्टी स्पर्श स्पेशलिटी अस्पतालका चिकित्सक डा. राजेश साहले जानकारी दिनुभयो ।
उहाँले पहिलो पटक खातुनलाई कलैयाको एभरेष्ट हेल्थ सिटि क्लिनिकमा चेकजाँच गरेपछि आर्थिक अवस्था कमजोर भएकै देखिएपछि मल्टी स्पर्श स्पेशलिटी अस्पतालमा बोलाएर निशुल्क शल्यक्रिया गरीएको बताउनुभयो ।
डा.साहले बिरामीको आर्थिक अवस्था कमजोर भएको चिकित्सकलाई जानकारी गराएपछि चिकित्सकको धर्म अनुसार निशुल्क शल्यक्रिया गरी बिरामीको ज्यान बचाईएको बताउनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times