बीरगंज १५ असोज ।
वीरगञ्ज रक्सौल सिमानाकाबाट भारतीय निजी सवारी साधनको आवागमन आजदेखि सुचारु भएको छ । वीरगञ्जको मुख्य प्रवेशद्वार शंकराचार्य गेटमा औपचारिक कार्यक्रमका बिच सिमानाकाबाट भारतीय निजी सवारीको आवागमन सुचारु भएको हो । भारतबाट प्रवेश गर्ने पहिलो सवारीका चालकसहित सवारीमा सवार भएकाहरुलाई फूलमाला लगाएर स्वागत गरिएको थियो । करिब डेठ बर्ष देखि कोरोना संक्रमणको कारण बन्द रहेको नाका आज औपचारिक रुपमा सुचारु भएसँगै विशेष गरी होटल तथा पर्यटन व्यवसायीहरु उत्साहित भएको होटल तथा पर्यटन व्यवसायी संघ बीरगंज पर्साका अध्यक्ष हरी पन्तले बताउनु भयो । शंकराचार्य गेट अगाडी आयोजित भारतीय सवारी साधनको आवागमन सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले सिमा नाका हुदै भारतीय नागरिकको पैदल यात्राबाट बीरगंज आवगमन यसअघि सुचारु भई सकेको अवस्थामा आजदेखि निजी सवारीको पनि आवागमन हुनुले सिमा क्षेत्रका जनता लाभान्वित हुने र यसले दुई देशबिचको सम्बन्धमा अँझै आत्मियता थप्ने बताउनु भयो । उहाँले मित्र राष्ट्र भारत र नेपालबिचको रोटी बेटीको सम्बन्धका कारण पनि निजी सवारीको आवागमन सुचारु हुनुपर्ने माग आज पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो । लामो समयसम्म सिमानाका बन्द हुँदा वीरगञ्ज र रक्सौलसहितका बासिन्दालाई आवतजावतमा कठिनाई भइरहेको हुँदा अब उक्त समस्या हटेको सरावगीले बताउनुभयो । निजी सवारीको आवागमन सुचारु गराउन होटल तथा पर्यटन व्यवसायी संघ पर्साले खेलेको भूमिका प्रशंसा योग्य रहेको नगर प्रमुख सरावगीले बताउनुभयो । नाका खुलेसँगै भारतीय पर्यटकहरु भित्रिने र थला परेको होटल एवम् पर्यटन व्यवसायले विस्तारै गति लिने अपेक्षा वीरगंजका होटल व्यवसायीले गरेका छन् । भारतीय निजी सवारी साधनको आवागमन सुचारु गर्न आयोजित औपचारिक कार्यक्रममा होटल व्यवसायीहरु, वीरगञ्जका सञ्चारकर्मीहरु, रक्सौलका सञ्चारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।
गत असोज ४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको कारण विगत डेढ वर्षदेखि बन्द रहेको नेपाल–भारत सीमानाका पूर्ण रूपमा खुला गर्ने निर्णय गरेको ११ दिन पछि बीरगंज नाका पूर्ण रुपमा खुलेको वीरगंज भन्सार कार्यालयले जनाएको छ । गृहमन्त्रालय हुदै अर्थमन्त्रालयमा परिपत्र पुगेपछि अर्थले बीरगंज भन्सार आईसीपीलाई आज देखि भन्सार खोल्ने निर्देशन दिएसँगै उच्च स्वास्थ्य सतर्कताका साथ भन्सार खुला गरिएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडलले बताउनु भयो । गृहमन्त्रालयहुदै अर्थमन्त्रालय पुगेको परिपत्रमा भारतीय नागरिकको हकमा ७२ घण्टा अगाडीको पिसिआर परिक्षणको रिपोर्ट, कोरोना संक्रमणको लक्षण देखिएकालाई सिमानाकामै ऐन्टिजेन परिक्षण गर्ने र सिमामा खटिने सुरक्षाकर्मीले नेपाल आउने भारतीय नागरिकलाई अनलाईन फारम भरेर नेपाल भित्रिने व्यवस्था मिलाउन निर्देशन दिइएको भन्सार अधिकृत पौडलले बताउनुभयो । भारतबाट नेपाल प्रवेश गर्ने निजी भारतीय सवारी साधनको हकमा विगतमा झै भन्सारमा इन्ट्री गरी उच्च स्वास्थ्य सतर्कतका साथ आउनु पर्ने प्रावधान लागु गरिएको र यसका लागि वीरगंज भन्सारले विगतमा झै आवश्यक प्रक्रिया मिलाएको पौडेलले बताउनु भयोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय