बीरगंजलाई राजधानी बनाउन चौतर्फी दवाब

144

वीरगञ्ज २८ पुस ।
प्रदेश नं २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगञ्जलाई बनाउन चौतर्फी दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन सोमबार कांग्रेसले वीरगंजमा प्रदर्शन गरेको थियो भने गत शनिवार जसपाका युवा नेता राजेशमान सिंहको नेतृत्वमा वीरगंजका युवाहरुले प्रदर्शन गरेका थिए । वीरगञ्ज राजधानीको पक्षमा आवाज उठाउँदै आउनुभएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेशमान सिंहको समूहले आज लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको भए पनि सोनलले आफू व्यस्त रहेको हुँदा भोली मात्र वीरगंज आउने बताएपछि ज्ञापन पत्र बुझाउने कार्य एक दिन पछाडी धकेलिएको छ । यसैगरी ३० गते शुक्रबार प्रदेशका मुख्यमन्त्रीको वीरगञ्ज निवास अगाडि सामाजिक दुरु कायम गरी शान्तिपूर्ण धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम लोसपाका नेता सिंहले सार्वजनिक गर्नु भएको छ । समग्रमा देशकै प्रमुख आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जलाई नै प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने माग अहिले वीरगंजमा चर्को रुपमा उठेको छ । बारा, पर्सा रौतहटका प्रदेश सभा सदस्यले वीरगंजलाई राजधानी बनाउने पक्षमा मतदान नगरे उनिहरुको राजनीतिक भविष्य समेत संकटमा पर्ने चेतावनी यस क्षेत्रका वासिन्दाले दिएका छन् । मधेश आन्दोलनलाई सार्थक बनाउन वीरगञ्जले खेलेको भूमिका र सहिदको बलिदानीको मूल्याङ्कन गरेर वीरगञ्जलाई प्रदेश नं २ को राजधानी कायम गर्नुपर्ने माग वीरगञ्जवासीको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रतिक्रिया लेख्नुहोस/पढ्नुहोस