वीरगञ्ज, २३ असार । जिल्ला प्रहरी कार्यालय पर्साले २ सय ७० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरको बाटो हुँदै लागु औषध गाँजा ओसारपसार कार्य भइरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले सो परिणाम बराबरको गाँजा बरामद गरेको हो ।

परवानीपुर सडकखण्डमा चेकजाँच गर्दा युपी २१ ए एन ९९५७ नम्बरको भारतीय ट्रकको क्यावीनमा लुकाई छिपाई राखिएको अवस्थामा २ सय ७० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार गाँजासहितको ट्रक नियन्त्रणमा लिनुका साथै भारत विहार मोतिहारी ग्राम सेमरी ११ का २७ वर्षीय विजेश कुमार यादव र भारत विहार पूर्वी चम्पारण पलडवाका ५० वर्षीय धर्मेन्द्र यादवलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई लागु औषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय