राम कुशवाहा
बीरगंज १४ पुस ।
वडा प्रहरी कार्यालय श्रीपुरले ३३ लाख भन्दा बढि मूल्य बराबरको भन्सार छलीका सामाग्री सहित कन्ट्रेनर ट्रक र पिकअप गाडी नियन्त्रणमा लिएको छ । विषेश सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १४ स्थित सडकखण्डमा ना ८ ख ४०२५ नम्बरको कन्ट्रेनर ट्रकमा मधेश प्रदेश ०३—००१— ०३०४ नम्बरको टाटा पिकअपबाट भन्सार छलि चोरी पैठारी गरी ल्याएको प्लाष्टिकको दानाका बोराहरु, सर्टि· सुटि·का कपडाहरु र विभिन्न जुताहरु लोड गरिसकेको अवस्थामा कन्ट्रेनर र पिकअप गाडी सहित चालकहरु राम बहादुर मोक्तान र हरीन्द्र यादवलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक डिल्लीराज सापकोटाले जानकारी दिनुभयो । भन्सार छलिका अवैध मालसमान लोड रहेका गाडी र चालक राम बहादुर मोक्तान र हरीन्द्र यादवलाई आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरिक्षक डिल्लीराज सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय