वीरगंज माघ १० ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीद्वारा वीरगंज सामुदायिक आँखा केन्द्र र पोखरीया नगरपालिका वडा नं. ९ को सहकार्यमा आज पोखरीया वडा नं. ९ मा निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनको अध्यक्षतामा सम्पन्न सो शिविरमा १८२ जनाले निःशुल्क आँखा चेकजाँच गराएका छन् । ती मध्ये ७२ जनामा मोतियाबिन्दको समस्या देखिएको लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष सल्मा खातुनले बताउनुभयो । मोतियाबिन्दको समस्या देखिएका ७२ जनाकै यही माघ १४ गते शनिबार निःशुल्क शल्यक्रिया गरिने अस्पतालका डा. महेश सिंह धामीले बताउनुभयो । कार्यक्रममा पोखरीया वडा नं. ९ का वडाध्यक्ष नौशाद आलम, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ एसका डिष्ट्रीक्ट चेयरपर्सनद्वय गुड्डी जोशी, विजय कुशवाहा, प्रभु अस्पतालकी संचालिका एवं वरिष्ठ प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापा, लोसपाका नेता एवं समाजसेवी नेजामुद्दीन समानी, क्लबकी कोषाध्यक्ष सुशिला साह लगायत स्थानीयवासी हरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय