वीरगन्ज,२७ चैत । वीरगन्ज महानगरको अनुगमन समितिले मंगलबारपनि वीरगन्जका दुई वटा नीजि अस्पतालमा छड्के अनुगमन गरेको छ । उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित अनुगमन समितिले मंगलबार वीरगन्जको गण्डकमा रहेको नेपाल मेडिसिटि बयोध्या अस्पताल र वीरगन्जकोे पानीटंकी रोडमा रहेको प्रभु हस्पिटलमा अनुगमन गरेको हो ।
बयोधा मेडिसिटी अस्पतालको ल्याब, आईसियु फार्मेसी र चमेनागृह (क्यान्टिन)मा अनुगमन गरिएको र त्यसक्रममा कुनैपनि त्रूटी फेला नपरेको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले बताए । यस्तै प्रभु हस्पिटलकोपनि ल्याब, आईसियु , फार्मेसी र चमेनागृह (क्यान्टिन) मापनि अनुगमन गर्दा त्यहाँपनि कुनै त्रुटी नभेटिएको ठाकुरले बताए । दुवै अस्पतालमा सरसफाइको अवस्थापनि राम्रो अवस्थामा रहेको पाइएको जानकारी उनले दिए ।
अनुगमन टोलीमा महानगरका अधिकृत विपीन कुमारलाल दास, समितिका सदस्य कन्हैया ठाकुर, जिल्ला प्रहासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव , प्रहरी सहायक निरीक्षक बृजकिशोर यादव लगायतकोपनि सहभागीता थियो ।