बारा, २७ जेठ : इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारा र प्रहरी चौकी श्रीनगरबाट खटिएका संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सिल्भरको तारसहित एक मोटरसाईकललाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, सिम्रौनगढ नगरपालिका वडा नं. ०१, हनुमानचोक स्थितमा ना ५० प ४०२० नं. को मोटरसाईकलमा लोड गरि ल्याइएको अन्दाजी १०० केजी सिल्भरको तार प्रहरीले नियन्त्रणमा लिएको हो। यसको अनुमानित बजार मूल्य रु. ७०,०००/- रहेको छ।

घटनास्थलमा प्रहरी टोलीलाई देखेपछि मोटरसाईकल चालक फरार भएका थिए। प्रहरीले सिल्भरको तार र मोटरसाईकललाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय