**कलैया, बारा** – मङ्गलबार बैराटपुर चौकमा एउटा दुःखद घटना घट्यो, जहाँ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, दुर्घटना नगरपालिकाको रङदारी टैक्स ढाटको नजिकै भएको हो। कलैया उपमहानगरपालिकाले ठेक्का पटा मार्फत राखेको यो ढाटले गर्दा ३ वटा यस्ता घटना यसअघि पनि घटिसकेका छन्।

यस्ता ढाटहरू कानुनी रुपमा हाईवेमा राख्न पाइन्छ कि पाइँदैन भन्ने प्रश्न सम्बन्धित निकायको ध्यानाकर्षण होस । यी ढाटहरूले सवारी साधनको आवागमनमा अवरोध उत्पन्न गरिरहेकाले दुर्घटनाहरू बढ्दै गइरहेको स्थानीय बासिन्दाहरूको आरोप छ।

दुर्घटनामा परेको ट्रक र मोटरसाइकल दुबैको छानबिन भइरहेको छ र मृतकको पहिचान हुन बाँकी छ।

जनताले सम्बन्धित निकायबाट यस्ता ढाटहरूको कानुनी स्थिति र तिनको उचित व्यवस्थापनबारे जानकारी माग गरेका छन्। यसबारे यथाशीघ्र उचित कदम उठाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय