द मधेश टाइम्स
पर्सा, १२ साउन आइसिपी – बिरगंज महानगरपालिका वडा न १७ अलौमा, आइसिपी नजिक रहेको नोभा ट्रेडिङले लिएको सवारी कर ढाटको ठगी धन्दाले भारतीय मालवाहक सवारी साधनका ड्राइभरहरू नियमित रूपमा ठगीमा पर्दा समेत सम्बन्धित निकाय कानमा तेल हालेर बसेका छन्।

भारतबाट कच्चा पधार्थ बोकि आएका भारतीय मालवाहक सवारी साधन बिरगंजको आइसिपी भन्सार हुँदै नेपालको औद्योगिक करिडोरका लागि छुटेका भारतिय मालवाहक सवारी साधनबाट बिरगंज महानगरपालिकाले दिएको सवारी करको ठेक्का नोभा ट्रेडिङले आइसिपी नजिकै ढाट खडागरी सवारी करको नाममा भारतीय मालवाहक सवारी साधन सङ नेपाली तीनसय चालीस लिनुपर्नेमा भारतीय तिनसय, र कहिले भारु चारसय लिने गरेको भारतीय मालवाहक गाडीका ड्राइभरहरूले बताएका छन्। सवारी कर ढाटबाट पीडित ड्राइभरहरूले पटकपटक जानकारी गराउँदा पनि पर्साका स्थानीय प्रहरी प्रशासनले कुनै चासो र अनुगमन नगरेको बताएका छन्।

दैनिक रूपमा ठगीमा परिरहेका ड्राइभरहरूले पर्सा प्रहरीले हाम्रो कुरा नसुनेको गुनासो पोखेका छन्। सवारी कर ढाटका ठेकेदारसँग ठूलो चलखेल रहेकोले स्थानीय प्रशासनले खासै चासो नदिएको बिरगंज महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष सन्जु छ्तकुलिले आरोप लगाएका छन्।

वडा अध्यक्ष छ्तकुलिले ठगी धन्दा रोक्न तत्काल छानबिनको माग गर्दै सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय