बीरगंज ६ माघ ।
नेपाली काङ्ग्रेस, पर्साले सञ्चार विधेयकको विरोधमा सोमवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला सभापति अजय द्विवेदीको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, पर्सामा पुगी नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित सूचना प्रविधि विधेयकले संविधान प्रदत्त नागरिक अधिकार हनन गर्न लागेको भन्दै गम्भीर ध्यानाकर्षण भएको तथा उखु किसानलाई नेपाल सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम तथा भुक्तानी रकम तत्काल उपलब्ध गराउनुपर्ने माग गर्दै प्रजिअ जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएका थिए । घण्टाघरबाट निस्केको ¥याली जिप्रकामा पुगी प्रजिअमार्पmत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । कार्यक्रममा जिल्ला सचिव श्याम पटेल, नेता रामायण कुर्मी, नगर सभापति भोला कलवार, वीरेन्द्रलाल नेपाली, उपमेयर शान्ति कार्कीलगायतको उपस्थिति थियो । प्रजिअ बस्नेतले नेकाले उठाएको मागप्रति आप्mनो ध्यानाकर्षण भएको र सम्बन्धित ठाउ“मा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय