बीरगंज ।
नेपाल बिधार्थी संघ जिल्ला कार्य समिति पर्साको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लकडाउनका कारण रक्तदान कार्यक्रम नहु“दा रक्त सञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेवि संघ पर्साका कार्यवाहक अध्यक्ष विकेस पटेलले बताउनु भयो । नेपाली कांग्रेस पर्साका सभापति अजय दुवेद्धीको प्रमुख अतिथ्यतामा भएको रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा पार्टीका जिल्ला सचिव श्याम पटेल, नगर कार्य समिति सदस्य अरबिन्द गुप्ता, जिल्ला सदस्य रोशन लामिछाने, रामबाबु पटेल, किशान संघका केन्द्रिय सदस्य बिरेन्द्र यादव, रामनारायण कुर्मी, नेवि संघका जिल्ला उपाध्यक्ष सजिंव मिश्रा, नेवि संघका पुर्व केन्द्रिय कोषाध्यक्ष बैकुण्ठ श्रीवास्तव, नेवि संघका निवर्तमान केन्द्रिय सदस्य सुधिर पटेल, बद्रि नारायण तिवारी, ठाकुरराम ईकाई अध्यक्ष अजय कर्ण, नेवि संघ नगर अध्यक्ष विवेक गुप्ता, सुमिर पाण्डे, मन्जिव मिश्रा, लगयातको उपस्थिती रहेको थियो । कोरोना भाइरसको सङ्क्रमणलाई न्युन राख्नका लागि सामाजिक दुरी कायम गरि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेवि संघका विकेश पटेलले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय