राम कुशवाहा
वीरगंज २७ माघ ।
भारतको बिहार राज्यमा त्याहाका सरकारले पुरै बिहार भरी मदिरा विक्रि वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । बिहारमा मदिरा प्रतिबन्ध लगाएपछि बिहारका नागरिकहरु नेपालको सिमावर्ती नाकाहरुमा आएर मदिरा सेवन गरी जाने गरेका छन ।
बिहार सरकारले मदिरा विक्रि वितरणमा प्रतिबन्ध लगाएपछि त्यसको फाईदा अहिले तस्करहरुले उठाईरहेका छन । स्थानिय तस्करहरु सिमामा खटेका प्रहरीलाई महिना बुझाई सहजै नेपालबाट भारत तर्फ मदिराको तस्करी गर्दै आईरहेका छन ।
वीरगंज भन्सारको मुख्य गेटमा खटेको शसस्त्र प्रहरीको अगाडी बाटै साईकलमा मदिरा लोड गरी शंकराचार्य गेट हुदै भारत तर्फ जादै गरेको भिडियो यस अनलाईनले फेला पारेको छ । तस्करहरुले भन्सार एरियामा मदिराको पसल खोली त्यही पसलबाट पुरुष र महिला प्रयोग गरी साईकलमा ३ कार्टुन ४ कार्टुन राखी दिनभरीमा १ सय कार्टुन भन्दा बढि मदिरा नेपालबाट भारत तर्फ ओसार पोसार गर्ने गरेका छन ।
भन्सार एरियामा हुने अवैध गतिविधि, चोरी पैठारी भन्सार छली लगायतका अवैध क्रियाकलाप नियन्त्रण गर्न नेपाल सरकारले शसस्त्र प्रहरीको बिओपी स्थापना गरेको छ । त्यसै गरी नेपाल प्रहरीको ईनर्वा प्रहरी चौकीका प्रहरी पनि भन्सार एरियामा खटने गरेका छन । सिमामा अवैध गतिविधि नियन्त्रण गर्न घुमुवा समेत परिचालन भएका हुन्छन ।
शसस्त्र प्रहरीको अगाडी बाटै वीरगंज भन्सारको मुख्य सडक हुदै भारत तर्फ तस्करहरुले साईकलमा मदिरा ओसार पोसार गरीरहदा त्यस तर्फ ध्यान नदिनु शसस्त्र प्रहरीको मिलोमतो भएको प्रष्ट बुझनसकिन्छ ।
त्यसैगरी नेपाल प्रहरीले ईनर्वा चौकीको अगाडी रहेको शंकराचार्य गेटमा चेकजाच गर्ने गरेको छ । भन्सार एरियामा प्रहरीको दुईटा युनिट हुदा पनि प्रहरीकै अगाडीबाट तस्करहरुले खुल्लम खुल्ला मदिरा तस्करी गरी भारत तर्फ ओसार पोसार गर्नु प्रहरीको मिलेमतो रहेको बुभिएको छ ।
मदिरा तस्करी गर्ने कारोबारीले शसस्त्र प्रहरी वीरगंज भन्सार र ईनर्वा प्रहरी चौकीलाई महिनावारी बुझाएको एक तस्करले बताए । ती तस्करका अनुसार प्रहरीलाई आर्थिक प्रलोभनमा पारी दिनरात मदिरा भारत तर्फ ओसार पोसार भईरहेको बताए । यस तर्फ सम्बन्धित निकायको ध्यान जान अति आवश्यक देखीएको छ ।
https://youtu.be/X4dSezRfA3k
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times