बीरगंज ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफीक नियम उल्लघंन गरी सवारी साधन चलाउने ५८ जनालाई कारवाही गरेको छ । ब्लुबुक, लाईसेन्स नबोकेको, ओभरलोड गरेको, मालवाहक सवारीमा लोड गरिएका मालसामान नछोपेको, मोटरसाईकल चलाउदा हेल्मेट नलगाउनेहरुलाई ट्राफिक नियम उल्लङघन गरेको आरोपमा कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजित कुवँरले जानकारी दिनु भयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले बीरगंज महानगरपालिकाको लिंकरोड, रजतजयन्ती चोक, परवानीपुर, ड्राईपोर्ट लगायतका स्थानमा चेकजाँचको क्रममा ट्राफिक नियम उल्लङघन गर्नेलाई कारवाही गरिएको कुँवरले बताउनु भयो । कारवाही गरिएका सवारी साधनबाट ३३ हजार ५ सय रुपैयाँ राजस्व समेत संकलन भएको प्रहरीले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times