वीरगंज २४ साउन ।
देशमा कोरोनाको तेस्रो लहर चलिरहेको बेला स्थानिय प्रशासनलाई नजराना दिई आफुलाई स्टार होटल बताउने वीरगंजको भिस्वा होटलले व्यापक रुपमा भारतिय तथा नेपालीलाई केसिनो तथा स्विमिङ गराई कोरोनाको महामारीमा आम नागरिकको जिवन संग खेलवाड गरिरहेका छन । वीरगंजका स्थानिय उद्योगपतिका युवायुवतीलाई केसिनो तथा मदिराको कुलतमा फसाई लाखौ रुपैयाँ असुल गरिरहदा स्थानिय प्रशासन मौन हुदा गम्भिर प्रश्न खडा भएको छ ।
स्थानीय प्रशासनले कोरोनाको मध्यनजर गर्दै भिडभाड हुने ठाउँ जिम खाना, स्विमिङपुल केसिनो लगायतका सेवा हरु बन्द रहने निषेधाज्ञा जारी गरेपनी स्थानीय प्रशासनको आदेशलाई स्थानीय होटल भिस्वाले धजी उडाएको छ । कोरोना संग बच्न नेपाल सरकारले मास्क लगाउने सामाजिकदुरी कायम गर्ने जस्ता कार्यक्रमहरु दिन्हु भईरहेको बेला स्थानिय प्रशासनलाई चुनौती दिदै वीरगंजको भिस्वा होटलले खुलेयाम केसिनो तथा स्विमिङ गराईरहदा कोरोना संक्रमण फैलिने उच्च सम्भावना रहेको आम सर्बसाधारणको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय