बिरगंज ७ चैत ।
बिरगंज भन्सार एरियाबाट सशस्त्र प्रहरीकै सेटिङमा तस्करी सुरु भएको छ । तस्करहरुले सिमावर्ती सहर रक्सौल बाट भारतीय कपडा, हार्डवेयर इलेक्ट्रोनिक पार्ट पुर्जा, सर्टिङ सुटिङको कपडा, काजु किसमिस, खाद्यान्न लगायतका सामानहरु अवैध तरिकाले बिरगंज भन्सारमा खटेका सशस्त्र प्रहरीलाई आर्थिक रकम बुझाइ नेपाल तर्फ भित्रीयाइरहेका छन । तस्करहरुले सशस्त्र प्रहरीलाई महिनावारी बुझाएर काम गर्ने गरेको एक तस्करले नाम नछापने सर्तमा यस अनलाइनलाई बताए । बिरगंज भन्सारबाट खटेका जाचकी हरुले समेत त्यहा हाकाहाकी रकम असुल्ने गरेको दृश्य जोकोहीले देख्न सक्छन् । तस्करहरुले भन्सार छेत्रमा खटेका जाचकी र सशस्त्र प्रहरीलाई रकम बुझाए मात्र तस्करीका सामानहरु आउनदिने गरेको पाइएको छ । सर्बसाधारणले घरको लागि पसलको लागि सामान ल्याउदा सशस्त्र प्रहरीले चेकजाँचको नाउमा दुख दिने गरेको छ र तस्करहरुले अबैध रुपमा भन्सार छली गरेको ल्याएको सामान सशस्त्र प्रहरीले नदेखे जस्तो गर्छन, एक स्थानीयले बताए ।
सिमा सुरक्षा र चोरी पैठारी तस्करी नियन्त्रण गर्ने जिम्मेवारि पाएका सशस्त्र प्रहरीले बोर्डर छेत्रमा तस्करीको संजाल नै चलाइरहेको पाइएको छ ।देश आर्थिक मन्दिमा रहेको बेला झन सुरक्षा निकाय बाटनै कर छली तस्करीलाई बढावा दिने यस्ता प्रहरीलाई समयमै कार्वाही गर्न आवश्यक देखिएको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जाओस ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times