बारा २८ बैशाख ।
जिल्ला प्रहरी कार्यालय बाराले जिल्ला भित्र हुने घटना, दुर्घटना चोरी, तस्करी नियन्त्रण गर्ने हिसाबले खटाएको टाईगरटोली ( मोबाईल टोली ) सिक्सका कमाण्डरले अवैध असुलीमा व्यस्त रहेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटने मोबाईल टोली ईन्चार्ज प्रहरी हवल्दार घनश्याम पाण्डेले सिमानाका बाट हुने तस्करी भन्सार छलि गर्ने तस्करहरुसंग महिनाबारी बुझेर सहयोग गर्दै आईरहेको जानकारी प्राप्त भएको । जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खडकाले सिमानाकामा हुने चोरी पैठारी लाई नियन्त्रण गर्न निर्देशन दिएपनि उनको निर्देशनलाई धोती लगाउदै मोबाईल टोलीका ईन्चार्ज हवल्दार घनश्याम पाण्डेले तस्करुसंग दिनरात उठबस गरिरहेको सो क्षेत्रबाट तस्करी गर्ने कारोबारीहरुले जानकारी गराए । बारा जिल्लाको मटिअर्वा सिमानाकाबाट बिरेन्द्र भन्ने व्यापारीको ग्रुपले एक दर्जन साईकलबाट भरिया प्रयोग गरी भारतिय गुटखा, रजनिगन्धा, काजु, किसमिस, खाद्यान्यका सामानहरु भन्सार छलि गरी अवैध रुपमा कलैया बजारमा रहेको पण्डिजीको पसलमा दिने गरेका छन । खाद्यान्यका काम गर्ने बिरेन्द्र संग मोबाईल टोलीका ईन्चार्ज घनश्याम पाण्डेले प्रति साईकल ३ हजारका दरले महिनावारी लिने गरेको श्रोतको दावी छ । त्यसैगरी प्रहरीकै सहयोगमा बाराको दक्षिण झिटकैयाको नाकाबाट सेषनाथ भन्ने चल्लाको कारोबारीले भारतिय चल्लाको तस्करी गरी बारा जिल्ला भित्र रहेका कुखुरा र्फामहरुमा दिने गरेका छन । चल्लाको कारोबारी शेषनाथ संग मोबाईल टोलीका ईन्चार्ज पाण्डेले ३० हजारको महिना लिने गरेको श्रोतको दावी छ । त्यसैगरी अस्थाई प्रहरी पोष्ट जोतपुरको नाकाहुदै मुरारी र छोटेलाल भन्ने व्यापारीहरुले सो सिमानाकाबाट भारतिय कपडाको तस्करी गरिरहेका छन । चार पाच“ ओटा साईकल मार्फत कपडाको गेठिया लोडगरी मोबाईल टोलीकै संरक्षणमा कलैया बजार सम्म पु¥याउने गरेका छन । त्यसैगरी बाराको जैतापुरबाट महिलाहरुको गु्रपले मोबाईल टोलीका ईन्चार्जलाई २५ हजारको महिना दिएर नेपाली घरेलु मदिरा दईओटा अटोमा लोडगरी बाराको सदरमुकाम कलैया, मटिअर्वा, बसतपुरमा रहेको भट्टीहरुमा पु¥याउने गरेका छन ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेको सरंषणमा हवल्दार पाण्डेले हाकाहाकी रकम उठाईरहेका श्रोतको दावी छ । प्रहरीको मर्यादा विपरित काम गर्ने यस्ता प्रहरीलाई समयमै लगाम लगाउन जरुरी देखिएको छ । यस तर्फ सम्बन्धित निकायको ध्थान जाओस ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times