बिरगंज ८ जेठ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहत रहेको परवानीपुर ट्राफिक प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसहाय यादवले विभिन्न सवारी साधनबाट अनाधिकृत रुपमा रकम असुली गर्दै आएको गुनासो बढ्दै गएको छ।

बीरगंजको इंटीग्रेटेड चेक पोस्ट (आईसीपी) बाट नेपालका औद्योगिक करिडोरका लागि छुटेका भारतिय मालवाहक सवारी साधनबाट ओभरलोडको नाममा अवैध रकम असुली गरिरहेको पाइएको छ।

बीरगंजबाट कच्चा पदार्थ बोकेर औद्योगिक करिडोरका लागि छुटेका गाडीहरूबाट पनि रकम असुली गरिरहेको पाइएको छ। यसरी असुल गरिएको रकमले भारतिय सवारी साधनका चालकहरूलाई अत्यधिक आर्थिक भार परेको छ भने नेपाल-भारत व्यापारिक सम्बन्धमा समेत नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना रहेको छ।

यस घटनामा संलग्न प्रहरी अधिकारी रामसहाय यादवमाथि छानबिन गरी दोषी पाइए कानूनी कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। साथै, भविष्यमा यस्ता अनियमित क्रियाकलापहरूलाई रोक्न कडा अनुगमन र नियन्त्रणका उपायहरू अपनाउनु पर्ने आवश्यकता देखिएको छ।

सर्वसाधारण तथा व्यवसायीहरूले यस प्रकारका अनियमित गतिविधिहरूको विरुद्धमा आवाज उठाउन आग्रह गरेका छन्, ताकि नेपालको व्यापारिक वातावरण सुधार गर्न र अवैध असुलीलाई निरुत्साहित गर्न सकियोस्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय