पर्सा, २०८१ जेष्ठ ८ गते – पर्सा प्रहरीले विशेष सूचनाको आधारमा कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसूर) मुद्दामा संलग्न रही लामो समयदेखि फरार रहेका ५० वर्षीय विनोद भन्ने विनय प्रसाद यादवलाई पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ एकडरवाबाट पक्राउ गरिएको छ।

प्रहरीका अनुसार विनय प्रसाद यादवलाई लुकीछिपी बस्दै आएको अवस्थामा निजकै घरबाट पक्राउ गरिएको हो। उनले मिति २०६३ साल साउन १२ गते बिहान १०:०० बजे पर्सा जिल्लाको लखनपुर गाविस वडा नं. ९ हाल परिवर्तित सखुवा प्रसौनी गाउँपालिका वडा नं. ६ एकडर्वा स्थित नहरको डिलमा रेखा राउत कम्करलाई गोली हानी हत्या गरेका थिए।

पक्राउ पश्चात् उनलाई कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी कुमार बिक्रम थापाले जानकारी दिए।

यस घटनाले लामो समयदेखि फरार रहेका अपराधीहरूको खोजतलास र पक्राउमा प्रहरीले सफलता पाएको छ। प्रहरी प्रशासनले अपराध तथा अपराधीहरूको नियन्त्रणका लागि थप सक्रियता अपनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय