वीरगञ्ज, ०९ जेठ ।
पर्सा प्रहरीले बुधबार बिहान ०३:३० बजे, वीरगञ्जबाट कैलालीतर्फ जाँदै गरेको ना.६ ख २९०६ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढी हार्डवेयर तथा औषधी सामानहरू लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ।

बिशेष सूचनाको आधारमा जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं.०८ स्थित भारतीय दुतावास नजिकैको सडकखण्डमा ट्रकलाई रोक्दा बिल बिजक भन्दा बढी हार्डवेयर तथा औषधी सामानहरू लोड गरिएको र सो बिल बिजक पनि संकास्पद देखिएको पाइएको हो।

ट्रकमा लोड गरिएको सामानहरूको मूल्य अ.मु.रू.५१,८४,२५२ (एकाउन्न लाख चौरासी हजार दुई सय बाउन्न) बराबर रहेको छ। सो सामानहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता केशर कुमार न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय