वीरगञ्ज,१८जेठ ।

वीरगञ्जमा दृष्टि सम्बन्धि अपाङ्गता भएका ब्यक्तिहरुको लागि ४५ दिने कम्प्युटर तालिम सुरु गरिएको छ। शुक्रबार वीरगञ्ज -१५ मेडिकल चौक स्थित समृद्ध समाजका लागि युवा सशक्तिकरणको आफ्नै भवनमा उक्त तालिमको एक कार्यक्रमका बिच उदघाटन गरिएकाे छ।

श्री लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाडौं र समृद्ध समाजका लागि युवा सशक्तिकरणको संयुक्त आयोजनामा दृष्टि सम्बन्धि अपाङ्गता भएका ब्यक्तिहरुको लागि ४५ दिने कम्प्युटर तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक ( एमडि ) शहनवाज अंसारीले उक्त तालिमको उदघाटन गरेका छन । तालिमको उद्घाटन गर्दै अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरुले पनि प्राविधिक सिप सिकेर व्यवसायिक बन्न सक्ने आशा व्यक्त गरे । साथै आउने दिनमा जुनसुकै समस्या परेमा सिधै म संग सम्पर्क गर्न सक्नुहुने छ । र मेडिकल कलेजको छिमेकी भएको नाताले सधै तपाईहरुको सुख दुःखमा साथ रहनेछ भने वाचा गर्छु ।

यस तालिमबाट २६ जना दृष्टिबिहीन व्यक्तिहरू लाभान्वित हुनेछन् । उपकार नेपाल, सानो पाइला, हिन्दू परिषद् नेपाल , नेपाल तरकारी तथा फलफूल थोक व्यवसायी संघ, नमस्ते नेपाल इन्टरटेन्मेन्ट, राष्ट्र सेविका नेपाल लगायतका संस्थाहरुको सहयोग रहेको छ।

यस तालिमले दृष्टिबिहीन विद्यार्थिहरूलाई प्रविधिसँग जोडिने र उनीहरूलाई रोजगारी र दैनिक क्रियाकलापमा समेत सहजता हुने कार्यक्रम संयोजक एवम् संस्थाका उपाध्यक्ष महेश साहले बताए ।

कम्प्युटर तालिमको अध्यक्षता यसै संस्थाका सदस्य शिवेन्द्र यादवले गरेका थिए । उक्त तालिममा वान मधेश प्रदेशका अध्यक्ष आंशिक अंसारी , श्रीराम हस्पिटलकी स्त्री तथा प्रस्तुति रोग विषेशज्ञ डा. दिप्ती यादव , पत्रकार लगाएको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय