बिरगंज, ३१ जेठ पर्सा — वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले बिरगंज महानगरपालिकाको बसपार्क क्षेत्रबाट एक भारतिय नागरिकलाई प्रतिबन्धित लागू औषध खैरो हिरोइन सहित पक्राउ गरेको छ। प्रहरी बरिस्ठ नायब निरीक्षक सुनिल थापाको कमान्डमा खटिएको टोलीले भारतको ग्राम लाला छपरा, औरैया, आदापुर, पुर्बी चम्पारण बिहार बस्ने मोहम्मद नेजमुदिन मियालाई नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीले नेजमुदिन मियालाई BRO5 AY 1346 नम्बरको भारतिय कारमा सन्का लागि चेकजाँच गर्ने क्रममा गाडीको सिट पछाडी लुकाइछिपाइ ल्याएको सय ग्राम खैरो हिरोइन फेला पारेको थियो। पक्राउ परेका नेजमुदिन मियालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्म जङ थिङले जानकारी दिनुभयो।

यो पक्राउले लागू औषध नियन्त्रण अभियानलाई थप बलियो बनाएको छ र यसले समाजमा लागू औषधको कारोबारलाई निरुत्साहित गर्ने आशा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय