बिरगंज २ असोज ।
पर्सा प्रहरीले पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नं.४ भथौडाका २९ वर्षीय अमित कुमार चौधरीलाई लागु औषध गाँजा सहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा गरिएको खानतलासीमा चौधरीको गाईगोठबाट २२ के.जी.४९० ग्राम गाँजा बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पुर्‍याई गोठको भुषमा लुकाइ छिपाइ राखिएको अवस्थामा ७ पोकामा गाँजा फेला पारेको थियो। पक्राउ परेका चौधरीलाई लागु औषध सम्बन्धी कसूरमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी दिपक भारतीले दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय