बिरगंज २० साउन ।
पर्सा प्रहरी प्रशासनको संरक्षणमा अभियान डिजिटल वर्ल्ड प्राईभेट लिमिटेडले ठगी धन्दा जारी राखेको छ। वीरगंजको भिस्वा त्रिशुल चौक नजिक रहेको यस फर्मले वर्षौं देखि ठगी गरिरहेको र प्रहरी प्रशासनको नै संरक्षण रहेको पुष्टि भएको छ।

काठमाडौंमा ईलेक्ट्रोनिक सामान एसेम्बली र विक्रीको अनुमति लिएर अभियान डिजिटल वर्ल्डले पर्सा जिल्लामा करिब ८ हजार सदस्य बनाई, प्रत्येक सदस्यबाट महिनाको ११७५ रुपैयाँ संकलन गर्दै युट्युब मार्फत चिठ्ठा खोल्दै आएको छ। यसरी ठगी गर्दै करोडौं रुपैयाँ संकलन गरिएको छ।

बिरगंजको कार्यालयमा २७ औं महिनाको किस्ता सम्म केही नपरेका ग्राहकलाई आज स्मार्ट टिभी वितरण गरिएको छ। यसरी खुलमखुल्ला चिठ्ठा खेल्दा पनि स्थानीय प्रहरी प्रशासन मुखदर्शक बनेको छ। अभियान डिजिटल वर्ल्डले बारा, पर्सा र रौतहटमा करिब ८ हजार ग्राहकलाई ठगी गरेको छ, जसले ११७५ रुपैयाँ २७ महिना सम्म बुझाउनु पर्ने छ। अन्ततः केही नपरेका ग्राहकलाई लोकल फिटिङ्स टिभी दिने गरिएको छ।

सम्बन्धित निकायले यो ठगी धन्दालाई रोक्न आवश्यक कदम चाल्नु आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय