बीरगंज २२ बैशाख ।
भौतिक पूर्वधार तथा यातायात मन्त्री रघुविर महासेठले यातायात क्षेत्रमा जारी सेण्डिगेट अन्त्य भएको र अब जनताले यातायात क्षेत्रमा आफूले रोजेको र खोजेको जस्तो स्तरीय सेवा पाउने दावी गर्नु भएको छ ।
पर्साको पोखरीया नगरपालिका १ सतवरियामा झण्डै १ करोड रुपैयाको लागतमा निर्माण गर्न लागिएको सडक तथा नालाको आज एक समारोहका विच शिलान्यास गर्नु हुदै मन्त्री महासेठले सरकार कडाईका साथ प्रस्तुत भएपछि सेण्डिगेट पक्षधर यातायात व्यवसायिहरु आन्दोलन फिर्ता लिएर वार्तामा आएको बताउनु भयो । उहा“ले खारेज भएको सेण्डिगेट फिर्ता नहुने यातायात व्यवसायिको संघ संस्था नविकरण नहुने र कम्पनि ऐन मार्फत यातायात व्यवसायि संचालन हुने सर्तमा मात्रै वार्ता हुने दावी गर्नु भयो ।
मन्त्री महासेठले पोखरीयाको विकास विना पर्साको विकास सम्भव नरहेको बताउनु हुदै वीरगंज राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वको शहर तथा नाका भएको हु“दा जिल्लाको विकासका लागि पर्साको ग्रामिण सदर मुकामको रुपमा स्थापित पोखरीयाको विकास आवश्यक रहेको कुरामा जोड दिनुभयो । उहा“ले पोखरीयामा तत्काल बस पार्क निर्माण, नगर क्षेत्रका १० वटै वडालाई जोडने पक्की रिंगरोडको योजना, आफ्नो कार्यकालमा निर्माण गर्ने बताउदै यसका लागि यस क्षेत्रबाट निर्वाचित सांसद, पूर्वसांसद, प्रदेश सभा सदस्य र नगरपालिकाले सहकार्य गर्नु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा मन्त्री महासेठले वीरगंज तथा पर्सामा सरकारले विकासका लागि पठाएको अर्बौ रकमका टेण्डर सकारेर ठेकेदार तथा निर्माण व्यवसायिले काम अलपत्र पारेर छाडेको हु“दा यस्ता व्यवसायिहरु, सांसद, विधायक, मन्त्री, पूर्वमन्त्री र पहुचवाला जे भएपनि कारवाहीको दायरमा ल्याउने चेतावनी दिनुभयो । कार्यक्रममा संघिय समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले विकासमा माफियातन्त्र हावी भएको हु“दा यसको अन्त्य गर्नु पर्ने बताउदै सुशासनका लागि अहिले जनता जागेको दावी गर्नु भयो । पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियार मन्टुको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वसांसद राजकुमार गुप्ता, विचारी यादव, रामेश्वर रौनियार, प्रद्युम्न चौहान लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा नगर प्रमुख दिपनारायण रौनियारले पोखरीया नगरपालिकाले नगर विकासको अवधारणा सहित तयार पारेको प्रतिवेदन मन्त्री महासेठलाई हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय